अर्घाखाँची जिल्ला प्रशासनमा आलोपालो सेवा हट्यो, अब सम्पूर्ण सेवा नियमित शुचारु


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रशासनले स्थानीय तहलाई दिदै आएको आलोपालो सेवा हटाएको छ । 
जिल्ला प्रशासनले आईतवारदेखि स्थानीय तहलाई दिदै आएको आलोपालो सेवा हटाएको हो । अब यहाँ सम्पूर्ण सेवा नियमित शुचारु हुनेछन् । 
गत माघ ६ गते बिहिवारदेखि अर्घाखाँची जिल्ला प्रशासनले कोरोना संक्रमण बढ्दै गएको भन्दै  स्थानीय तहलाई राहदानी, नागरिता, राष्ट्रिय परिचय पत्र जनजाती, दलित प्रमाणिकरण लगायतका सम्पूर्ण सेवाहरु आलोपालो दिदै आएको थियो । 
प्रशासनले जारी गरेको सुचना अनुसार पाणिनी गाउँपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकाका सेवाग्राहीहरुलाई आईतवार, मंगलवार र विहिवारको दिन छुट्टाईएको थियो । 
यस्तै मालारानी गाउँपालिका,  सन्धिखर्क नगरपालिका  र छत्रदेव गाउँपालिकाका सेवाग्राहीहरुलाई सोमवार, बुधवार र शुक्रवारको दिन छुट्टाईएको थियो । 

अन्य समाचारहरु