सन्धिखर्क नगर अब ग्रीन क्लीन, अफिसियल रंग हरियो | आफ्ना घरमा हरियो रंग लगाए १०% अनुदान पाईने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले घरमा हरियो रंग लगाउनेलाई १० प्रतिशत अनुदान दिने भएको छ ।   
सन्धिखर्क नगरपालिकाले नगर भित्र बनेका घरहरुमा अब हरियो रंग लगाउनेलाई १० प्रतिशत अनुदान दिने भएको हो ।
नगरमा ग्रीन क्लीन अभियान अन्तरगत नगरबासीले आफ्नो घरमा हरियो रंग लगाएमा नगरपालिकाले १० प्रतिशत अनुदान दिने छ ।
नगरपालिकाले अर्घाखाँचीडट्कमलाई जानकारी दिए अनुसार नगरपालिका क्षेत्रमा निर्माण हुने नीजि तथा सरकारी घरमा हरियो रंग लगाउन सबैलाई अनुरोध गरिएको छ। घरमा लगाईने जस्ताहरु पनि हरियो रंगको नै लगाउनु पर्ने छ। सन्धिखर्क नगरपालिकाको अफिसियल रंग अब हरियो भएको र अब नयाँ निर्माण हुने नगरका संरचनामा पनि हरियो रंग नै प्रयोग गर्न आग्रह गरिएको छ । 
नगरपालिकाले १० प्रतिशत अनुदानका साथै प्रमाणपत्र दिने व्यवस्थासमेत गरेको छ। अब निजीघरहरुमा हरियो रंग लगाउन शुरु गरिने बताइएको छ ।  अर्घाखाँचीडट्कम
यस्तै सन्धिखर्कलाई सफा राख्नका लागि नगरपालिकाले नगर सरसफाई अभियान समेत जारी राखेको छ ।  

अन्य समाचारहरु