पाणिनीमा बृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीको तालिम सम्पन्न (भिडियो, तस्बिरहरु)


डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बृहत पोषण बिशेष कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मी  रसरोकारवालाको बिषयगत शाखा प्रमुख तथा कर्मचारी हरुको  लागि ७ दिने आधारभूत क्षमता अभिबृद्दी  तालिम उद्घाटन शत्रकार्यक्रमको  प्रमुख अतिथि  गाउँपालिका उपाध्यक्ष लक्ष्मी  गौतमद्वारा प्रमाण पत्र  हस्तान्तरण गर्दै तालिम सम्पन्न गरिएको छ ।
संघीय सरकार बाट हस्तान्तरित पाणिनी गाउपालिकाको वार्षिक स्वीकृत कार्यक्रममा पाणिनी गाउपालिका का सबै स्वास्थ्य सस्थामाकार्यरत स्वास्थ्य कर्मी तथा गाउपालिकाका सरोकार वाला शाखा जस्तै शिक्षा , खानेपानी वास ,महिला तथा बालबालिका, कृषि तथापसुपन्छी, स्टोर, योजना शाखा ,आयुर्बेद लगायतका साखा का प्रमुखहरुको सहभागितामा २ चरणमा सम्पन्न हुनेगरी पहिलो चरणसोमवार देखी शुरु भएको थियो।
यो तालिम लिएपछि  सहभागीले आ आफ्नो कार्यक्षेत्रमा गएर आफुले सिकेका ज्ञान ,सिप धारणा को उपयोग गरि पोषण प्रबर्द्धन मासहयोग हुने , सहभागी को क्षमता अभिबृद्दी हुनु तथा नेपाल सरकारले तोकेका पोषण सम्बन्धित सुचकहरुमा सुधार तथा गुणस्तरीय सेवाप्रदान हुने अपेक्षा गरिएको छ ।
०७ दिनेकार्यक्रम को सहजीकरण स्वास्थ्य शाखा प्रमुख अधिकृत छैटौं शेसकान्त घिमिरे , स्वास्थ्य साखा मैकार्यरत स्वास्थ्य सह सम्योजक अधिकृत छैटौं राम प्रसाद घिमिरे, अधिकृत छैटौं मित्रदेब पौडेलले गर्नुभएको थियो।
त्यस्तै कार्यक्रम मा प्राबिधिक सहयोग NHSSP/HSSO प्रतिस्ठा ढकाल, सुआहारा कार्यक्रम का फिल्ड सम्योजक हरि जि सिले  सहयोग गर्नुभएको छ । गाउपालिका उपाध्यक्षलक्ष्मी गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तालिम सवै प्रशिक्षणार्थीले एक हप्ता मा सिकेको विषयमा पुरा गर्ने प्रतिबद्धतादिएका छन । पाणिनि गाँउ पालिकामा सम्पन्न कार्यक्रमको उद्देश्य र आगामी योजना वारे स्वास्थ्य साखा प्रमुख शेषकान्त घिमिरेले लेजानकारी गराउनु भएको कार्यक्रमको सन्चालन स्वास्थ्य साखा सहसम्योजक रामप्रसाद घिमिरेले गर्नुभएको थियो । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु