सन्धिखर्ककाे कुर बेहोरे टोलमा बाख्रा वितरण कार्यक्रम सम्पन्न (तस्बिरहरु)


सिद्धार्थ सागर के.सी.
कुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं २ वार्ड कार्यालयको आर्थिक सहयोग तथा सयपत्री कृषक समूहको सहजीकरण र आयोजनामा सन्धिखर्ककाे कुर बेहोरे टोलमा  बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
 
उक्त कार्यक्रममा वार्ड अध्यक्ष श्री मोतीजंग रायमाझि, वार्ड सचिव, वार्ड सदस्यहरू साथै स्थानीय किसानहरूको भव्य उपस्थिति रहेको थियो । 
 उक्त कार्यक्रममा वार्ड अध्यक्ष श्री मोतीजंग रायमाझीले  छोटो मन्त्यव्य राख्दै बाख्रा प्राप्त गर्नु भएका किसानहरुलाई लक्षित गर्दै हाम्रो वार्ड कार्यालयले यस क्षेत्रमा बाख्रा पालनको प्रचुर  सम्भाव्यता रहेको महसुस गरी आफै लगानी गरेर आपनो उद्यम व्यवसाय सञ्चालन गर्न नसकेका किसानहरूको लागि यो सानो सहयोगले स्वरोजगारको स्थापना गर्न कोसेढुङ्गा साबित हुने अपेक्षा लिएको बताउनु भयो । 
धेरैजसो वार्ड क्षेत्रमा बाख्रा विकास कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरिएको तर सो कार्यक्रमले परिलक्षित गरेको उपलब्धि अन्तर्गत उद्यमशीलताको विकास हुन नसकेको साथै किसानहरूले वितरण गरेका बाख्रा बिक्री गरी बीउ पूँजी समेत खर्च गरेको विषयलाई पनि जोड्दै बेहोरे टोलले यो सानो अनुदानबाट छोटो समय भित्रै बाख्रा पालनमा उत्पादन र उत्पादकत्व बृद्धि गर्दै  बाख्रा उद्यमी बन्ने अपेक्षा दृढता पूर्वक राख्नु भयो ।
सन्धिखर्क वार्ड नं २ काे बेहोरे टोल पशु सेवा  प्राविधिक सहयोग पनि सहजै प्राप्त गर्न सक्ने साथै विभिन्न जातका घाँसहरु लगाउन सकिने पर्याप्त उत्पादनशील क्षेत्र भएको ठाँउ हो त्यसैले यस क्षेत्रलाई बाख्रा विकासकाे लागि प्राथमिकता दिई किसानको आम्दानी बृद्धि गर्न सकिने कुरामा दुईमत छैन ।

अन्य समाचारहरु