अर्घाखाँचीमा विप्लव नेकपाको नेपाल बन्द कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न


अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका दलहरुले आयोजना गरेको नेपाल बन्द कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।  
जसका कारण अर्घाखाँचीमा पनि  बन्दको प्रभाब परेको थियो ।  बन्द पछि साँझ भएको कोणसभालाई सम्बोधन गदै जिल्ला सेक्रेटरी खेम घर्ती मगरले राष्ट्रिय स्वाधीनताकोे पक्षमा सबै एकजुट भएर नेपाललाई बचाउनुपर्ने बेला आएको बताउदै ससदबादी राजनितिक दलका नेताले नेपाली जनतामाथि राष्ट्रघाती एमसिसि सम्झौता गरेर  ठुलो जनघातका  काम गरेको बताउदै मुलुक बर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा राष्ट्रिबादी मानिएका केपी शर्मा ओली प्रचण्ड बाबुराम माधब नेपाल बाट सम्भब नरहेको बताउदै देशलाई बचाउनको लागि अब क्रान्तिकारी राता मान्छेहरु आबश्यकता  रहेको बताएका थिए । 
नेता घर्तीले राष्ट्रिय स्वाधीनताको पक्षमा आन्दोलन गर्न राता मान्छे जनताले रोचेको बताउदै जनताको मागको नेतृत्व गदै आफुहरु अगाडि बढ्ने बताए । 
आफ्नो बन्दलाई सफल बनाउनको लागि सहयोग गर्ने स्वाभीमानी देशभक्त जनता उधोगी व्यापारी यातायात व्यबसायी बृद्धिजिवी लगायतलाई धन्यबाद दिए कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय सदस्य नविन खड्काले जब मुलुकमा राष्ट्रघात र जनघातका कामहरु बढ्दै जान्छन् ती बेला राता मान्छेहरु जुरुक जुरुक्क उठ्ने बताउदै अर्घाखाँची जिल्लामा रहेका सासदले राष्ट्रघाती एमसिसीका पक्षमा मतदान गरे हात खु«ट्टा माचेर जिल्ला बाट लेखेट्नुपर्ने बताए कार्यक्रममा नेकपा नेता कार्यकर्ताले एमसिसिको विरोधमा नारा बाजी समेत गरेका थिए ।

अन्य समाचारहरु