अर्घाखाँचीमा आज बुधवार ६ जनाले काेराेना जिते, १ जना नयाँ संक्रमित थपिए (सम्पुर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६ जना, भूमिकास्थान नगरपालिकामा २ जना,  शितगंगा नगरपालिकामा १९ जना,  मालारानी गाउँपालिकामा ४,  पाणिनी गाउँपालिकामा ४ र छत्रदेव गाउँपालिकामा १ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४९४७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१८६  जना, भूमिकास्थान नगरपालिकामा ७९७ जना,     शितगंगा नगरपालिकामा ५४६ जना, मालारानी गाउँपालिकामा ५८३ जना,  पाणिनी गाउँपालिकामा ५२४ जना  र छत्रदेव गाउँपालिकामा ३११ जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ६ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४८१७ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा २१५०  जना, भूमिकास्थान नगरपालिकामा ७७९  जना,  शितगंगा नगरपालिकामा ५१२   जना,   मालारानी गाउँपालिकामा ५६२ जना,    पाणिनी गाउँपालिकामा ५०८ जना   र छत्रदेव गाउँपालिकामा ३०६  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९४ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३०  जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १५, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकामा १२ र छत्रदेव गाउँपालिकामा ४ जना  रहेका छन् ।
बुधवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु