अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँची शाखाले मृत्युदाबी रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
सन्धिखर्कमा आज शुक्रवार युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँची शाखाले मृत्युदाबी रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।
गत पौष महिनामा बुटवलबाट सब लिएर रिडितर्फ जाँदै गर्दा पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकामा भएको बस दुर्घटना परि ज्यान गुमाउने अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका २ कुबिन्डे निवासी २५ वर्षीय भोजेन्द्र बि.क को हकवाला आमा भुपी टोमाटोलाई आज शाखा कार्यलय सन्धिखर्कमा एक कार्यक्रम गरि मृत्यु दाबी अन्तरगतको चेक रकम हस्तान्तरण गरिएको छ ।