अर्घाखाँचीका पत्रकार उमाकान्त पाण्डे यूएई प्रहरी हिरासतबाट अझै छुटेनन् | डट्कमद्धारा तत्काल रिहाईको माग


अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची डट्कमका पुर्व मध्यपुर्व प्रमुख संवाददाता तथा अर्घाखाँची जिल्लाको बल्कोट निवासी यूएईमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई हिरासतमा लिएकोप्रति अर्घाखाँचीडट्कमको गम्भीर ध्यानाकर्षण भएको छ ।  
यूएईमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई हिरासतमा लिएकोप्रति अर्घाखाँचीडट्कमको गम्भीर ध्यानाकर्षण भएको हो । अर्घाखाँचीडट्कमका सम्पादक सन्तोष के.सीले एक विज्ञप्ती जारी गर्दै तत्काल मुद्दा फिर्ता लिई पत्रकार पाण्डेको तत्काल रिहाईको वातावरण बनाउन यूएईस्थित नेपाली दूतावासलाई अनुरोध गर्नुभएको छ ।
साथै विज्ञप्तीमा उल्लेख छ; दूतावासले आफ्ना देशका नागरिकविरुद्द मुद्दा दायर गरी विदेशी भूमिमा हिरासतमा पुर्याउनु आफैमा गम्भीर र भर्त्सनायोग्य छ ।      
यूएईमा कार्यरत पत्रकार उमाकान्त पाण्डेलाई गत सोमबार फेब्रुअरी १४ तारिखका दिन यूएई स्थिती अबुधाबी प्रहरीले हिरासतमा लिएको थियो । नेपाली दूतावासका जनसम्पर्क अधिकृत इरफानले दूतावास विरुद्द गत जनवरी ७ गते फेसबुकमा लेखेको भन्ने आरोपमा साईबर क्राईम मुद्दा गरेका कारण पाण्डेलाई पक्राउ गरेको बताइएको छ ।
उता युएई स्थित नेपाली दूतावाससँग डट्कमको संपर्क हुँदा बताइए अनुसार दूतावासले छुटाउन पहल गरिसकेको छ । पक्रेर लगेको होइन – निकायले बोलाएको हुँदा आफै जानुभएको हो अहिले उहाँ हिरासतमै हुनुहुन्छ ।
पाण्डेले करिव १० वर्ष बढी अर्घाखाँची डट्कमको मध्यपुर्व प्रमुखका रुपमा काम गरेका थिए ।  

अन्य समाचारहरु