सन्धिखर्कमा लुम्बिनी स्वास्थ्य सेवा सहकारीको १३ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न


श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड् (लुहेश्को ) अर्घाखाँचीको १३ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । 
शनिवार सन्धिखर्कमा सम्पन्न अधिवेशनले संगिता घिमिरे बेल्वासेको अध्यक्षतामा ९ सदस्यीय कार्य समितिको निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा रामजित पौडेल,सचिवमा नेत्र प्रसाद पाण्डे र कोषध्यक्षमा सुमन केसी निर्वाचित हुनुभएको छ । यस्तै समितिको सदस्यहरुमा दिपक घर्ति,मुक्तिराम न्यौपाने,राजेन्द्र श्रेष्ठ,प्रेमबहादुर पछाई र रामप्रसाद पन्थी निर्बिरोध रुपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यसअधि अधिवेशनको एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्मा भुसालले पानसमा दिप प्रज्ज्वलनगरी उद्घाटन गर्नुभएको हो । उद्घाटन मनतब्य राख्दै भुसालले जिल्लाको समग्र बिकासकामा शिक्षा र स्वास्थ्यको महत्वपुर्ण भुमिका रहेको भन्दै यि दुबैको बिकासमा जिल्लाबासीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । लुहेश्कोले हरेक गतिबिधिहरु जनतासंग नजिक भएर गर्ने गरेको भन्दै भुसालले कोभिड १९ संक्रमणको जटिल समयमा पनि संस्थाले ठुलो सहयोग गरेको बताउदै स्वास्थ्य क्षेत्रमा लुहेस्कोले गर्दे आईरहेकोे कामको प्रंसशा गर्नुभयो । भुसालले अझै गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरी आम जनताको मन जित्न लुहेश्कोलाई आग्रह समेत गर्नुभयो ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता, पुर्ण पराजुलिको स्वागत मनतब्य र संगिता वेल्वासेको सञ्चालन सम्पन्न कार्यक्रममा औषधी व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष प्रेमबहादुर पछाई, अर्घाखाँची हस्पिटल प्रा.लि.का अध्यक्ष नारायण प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल, संस्थाका संस्थापक अध्यक्ष एवं व्यवस्थापक तिलक मिश्र, संस्थाका सदस्य रामप्रसाद घिमिरे लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने २ जना व्यवसायीहरु कृष्ण प्रसाद बन्जाडे र बिष्णु प्रसाद भुसाल यस्तै एसईई तथा प्लस टु लेभलमा उत्कृष्ट अंक ल्याउने २ जना शेयर सदस्यहरुका छोराछोरीहरु सम्राट केसी र सन्देश पाण्डेलाई नगद पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको थियो । यस्तै संस्थाको बिकासकोलागी योगदान पु¥याएको भन्दै पिताम्बर भट्टराईलाई दोसल्ला ओढाई सम्मान गरीएको संस्थाका व्यवस्थापक तिलक मिश्रको जानकारी दिनुभयो ।
२०६४ सालमा स्थापना भएको लुहेस्को लिमिटेडले स्वास्थ्य क्षेत्रमा जिल्लामा बिभिन्न गतिबिधिहरु सञ्चालन गर्दे आईरहेको छ । संस्थामा हाल ५८ जना शेयर सदस्यहरु रहेका छन भने ७४ लाख २० हजार बराबरको शेयर पुँजि रहेको संस्थाले जनाएको छ । साधारण सभाले संस्था सञ्चालन सम्बन्धी बिभिन्न प्रस्ताब समेत पारीत गरेको व्यवस्थापक मिश्रले जानकारी दिनुभयो ।

अन्य समाचारहरु