इजरेलले आजदेखि गाजाको अन्तर्राष्ट्रिय सहायता जहाज टोलीका स्वयम-सेवकको निष्काशन गर्नथालेको छ। आज कम्तिमा तीन सय जना स्वयम-सेवकलाई सीमा क्षेत्रबाट रिहा गरिएको छ।
जोर्डन तथा इजरेलले हिजो सम्पन्न भएको सम्झौताअनुसार, इजरेलले थुनेर राखेका अरबेली मुलुकका स्वयमसेवकलाई जोर्डन हुँदै आफ्नो देशतर्फ पठाउनेछ। आज बिहानसम्म 126 जना स्वयमसेवक जोर्डन पुगेका छन्।