अर्घाखाँचीमा मतदाता परिचयपत्र हराएको व्यक्तिले फागुन २० गते भित्र निवेदन दिन सक्ने


भिम विश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीमा आएर मतदाता परिचयपत्र हराएको नागरिकले दिन सक्ने कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रबि अर्यालका अनुसार परिचयपत्र हराएमा, च्यातिएमा वा नष्ट भएको हकमा कार्यालय आएर फागुन २० गते भित्र निवेदन दिन सकिनेछ ।
कार्यालयमा आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकता, मतदाता परिचयपत्रमा उल्लेख भएको नम्बर ल्याउनुपर्नेछ । मतदाता परिचयपत्र नबुझिने गरी च्यातिएको भए सोही परिचयपत्र पनि ल्याउनुपर्ने कार्यालयले जनाएको छ ।
कार्यालयले जिल्लाका सक्रिय राजनीतिक दल, स्थानीय तह एवं सरोकारवालालाई उक्त जानकारी गराइसकेको छ । मतदान गर्ने अधिकारबाट बञ्चित हुन नपरोस् भनेर २० फागुनसम्म उक्त व्यवस्था गरिएको हो ।
३० वैशाख ०७९ मा सम्पन्न हुने स्थानीय निर्वाचनमा २४ माघ ०७८ भित्र मतदाता नामावलीमा नाम दर्ता भएका र २०७९ बैशाख २९ गते सम्म १८ वर्ष पुग्नेले मतदानमा सहभागी हुन सक्नेछन् ।

अन्य समाचारहरु