अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको किमडाँडाको श्री जनताकृष्ण मावि पकले र श्री अर्घारजस्थल मावि अर्घामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले आफनो संगठन विस्तार तथा परिचालन अन्तरगत कमिटि गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सगठन विस्तार अन्र्तगत जनना कृष्ण मावि पकलेमा आराध्या केसीको अध्यक्षतामा ३५ सदस्यी कमिटि गठन भएको, जसको उपाध्यक्षमा माधव वञ्जाडे, विपना आचार्य, सचिव प्रकाश नेपाली, सहसचिव शुशिल भुसाल, सीता नेपाली, र कोषध्यक्षमा विपना आचार्य रहेको कमिटी निमार्ण भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो ।
संगठन विस्तार कार्यक्रममा अनेरास्ववियुका जिल्ला अध्यक्ष नारायण भुसाल र जिल्ला सचिवालय सदस्य सृजन भुसालले प्रशिक्षण दिनुभएको थियो ।
त्यस्तै अनेरास्ववियुको संगठन विस्तार अभियान अन्र्तगत अर्घा रजस्थल मावि अर्घामा अर्जुन रायमाझिको अध्यक्षतामा ३९ सदस्यीय कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा विविसा रायमाझी, शुशिल गन्र्धव, सचिव रुष्मा आचार्य, सहसचिव अस्मिता गन्र्धव, महेश विक, लक्ष्मण विक, तिलक विक, र कोषाध्यक्ष कैलाश विक रहेको कमिटी निमार्ण भएको छ ।
उक्त कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका २१ जना विद्यार्थी अनेरास्ववियुमा प्रवेश गरेको अनेरास्ववियुका केन्द्रिय सदस्य अर्जुन खनालले जानकारी दिनुयभो । उक्त कार्यक्रममा अनेरास्ववियुका केन्द्रय सदस्य अर्जुन खनाल, जिल्ला सचिवालय सदस्य विराज मुखियाले प्रशिक्षणमुलक मन्तव्य राख्नुभएको थियो ।