अजय के.सी
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानीमा नवनर्मित प्रहरी चौकी भवनको उद्घाटन सम्पन्न गरिएको छ।
धारापानीमा नवनर्मित प्रहरी चौकी भवनको आज सोमबार लुम्बिनी प्रदेश का प्रहरी प्रमुख प्र.ना.म.नि प्रकाश अधिकारीले रिबन काटी बिधिबत उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा प्रदेश ट्राफिक प्रमुख योगेन्द्र सिंह थापा भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री, जिल्ला स्थित सरकारी न्याधिबक्ता श्याम सुन्दर चौधरी ,शसस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जन ,अनुसन्धान अधिकृत सन्तोष बस्नेत ,स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु वडा न.४ का वडा अध्यक्ष बाबुराम पन्थी सुनार,वडा न.३ का वडा अध्यक्ष बालकृष्ण बन्जाडे पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल ,पत्रकार सागर महत लगायतको उपस्थित रहेको थियो ।
प्रदेश सरकारको कुल एक करोड चौरानब्बे लाख दश हजार तीन सय नब्बे मा सम्पन्न भबनको पुस्पाजेभीले जिम्मा लिएको थियोे । भवनको बारेमा इन्जिनियर प्राबिधिक निरीक्षक धुर्ब अधिकारीले भबनको बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
उद्घाटन कार्यक्रममा प्रहरी प्रदेश प्रमुख प्रकाश अधिकारी , भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत क्षेत्री ,वडा न.४ का वडा अध्यक्ष बाबुराम पन्थी सुनार ,माओबादी नगर कमिटी अध्यक्ष नरेन्द्र मान मुखियाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए सोही कार्यक्रममा निर्माण ब्याबसाही नारायण बन्जाडे लाई सम्मान गरिएको थियो ।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्रीको अध्यक्षता प्रहरी निरीक्षक गणेश खनालको स्वागत मन्तब्य तथा प्रहरी निरीक्षक सुजन बिक्रम शाहको संचालन कार्यक्रम सम्पन्न भएको थियो ।