एमसीसी पक्षमा मत दिने सांसदलाई अर्घाखाँची प्रवेशमा रोक, भौतिक कारबाही गरिने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुले एमसीसी पक्षमा मत दिए विप्लव नेकपा लगायतका दलहरुले भौतिक कारबाही तथा जिल्ला प्रवेशमा रोक लगाउने भएका छन् ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पक्षमा मत दिए विप्लव नेकपा लगायतका दलहरुले भौतिक कारबाही तथा जिल्ला प्रवेशमा रोक लगाउने भएका हुन् । 
एमसीसी पक्षमा मत दिने कांग्रेस, एमाले, माओवादी केन्द्र जुनसुकै पार्टी भएपनि जिल्ला प्रवेशमा रोक लगाईने, कालो मोसो दल्ने लगायका भौतिक कारबाही गरिने विप्लव नेकपा लगायतका विपक्षी दलहरुले बताएका छन् ।
काँग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालका कांग्रेसी नेताहरु  लगायतले एमसीसी पक्षमा मत दिने बताएका छन् । भने भुसाल कुनै पनि हालतमा एमसीसी पास गर्ने पक्षमा छिन् । अर्घाखाँचीबाट पटक पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गरेकी पुष्पा भुसालले  जिल्लाको बिकासका लागि अहिलेसम्म केही गर्न सकेकी छैनन् ।       
जिल्लामा एमसीसीको विरोध र खारेजीको माग गर्दै विप्लव नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, राष्ट्रिय जनमोर्चा र देजमोले संयुक्त आन्दोलन गरिरहेका छन् ।   
उता नेपाल कम्युनिस्ट  जिल्ला सदस्य नविन खड्काले एमसिसी नेपाली जनताको पक्षमा नरहेकोले एमसिसीको विरुदमा  नेपाली जनताले कडा सघर्ष गनुपर्ने बेला आएको बताउदै एमसिसीको पक्षमा हस्ताक्षर गर्ने सांसदलाई जिल्ला बहिष्कार गर्नुपर्ने बताए । 
फागुन ८ गते संसदमा दर्ता भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा बिहीबारदेखि संसदमा छलफल सुरु हुँदैछ। एमसीसीबारे छलफल सुरु हुने भएकाले सबैलाई अनिवार्य उपस्थित हुन भनिएको उहाँले बताउनुभयो।

अन्य समाचारहरु