सन्धिखर्कमा एमाले निकट शिक्षक संगठनको अधिवेशन शनिबार हुने


सिद्धार्थ सागर के.सी.
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीको जिल्ला अधिवेशन फागुन १४ गते शनिबार  हुने भएको छ ।
सदरमुकाम सन्धिखर्कमा हुने अधिवेशनको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले उद्घाटन गर्ने जनाईएको छ । 
अधिवेशनमा जिल्लाका करीब ७ सय शिक्षकको सहभागीता रहने अधिबेशन काे तयारि भैरहेको  संगठनका जिल्ला अध्यक्ष ध्रुव के.सी.ले जानकारी दिनुभयो । अधिवेशनमा नयाँ नेतृत्व चयन गर्नुका साथै शिक्षकका साझा समस्याको बारेमा छलफल गरिने जनाईएको छ । संगठनले सेवा निवृत्त शिक्षकहरू लाई सम्मान गर्ने समेत तयारी गरेको छ ।
अधिवेशन बिहान ११ बजे देखि संगम फुडल्याण्डमा हुने जानईएको छ । अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य द्वय चन्द्रबहादुर खड्का उज्ज्वल ,चेतनारायण आचार्य,केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री ,एमाले नेता रामजी प्रसाद घिमिरे,जिल्ला अध्यक्ष पीताम्बर भुसाल  लगायतका नेताहरुको उपस्थिति रहने जनाईएको छ ।

अन्य समाचारहरु