अर्घाखाँचीमा मसाल, राष्ट्रिय जनमोर्चा, नेकपा सहित ८ दलद्धारा एमसिसीको विरोधमा मशाल जुलुस प्रदर्शन (तस्बिरहरु)


अनिल नेपाली | फोटो:- बसन्त खड्का | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अमेरिकी सहायता परियोजना (एमसिसी) को विरोधमा नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, विप्लव नेतृत्वको नेकपा लगायतका राजनीतिक दल तथा तीनका भातृ संगठनले मशाल जुलुस सहित विरोध प्रदर्शन गरेका छन् । 
बुधबार साँझ जिल्लाको अघांखाँची सन्धिखकं गन्टेखाेलामा  नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), राष्ट्रिय जनमाेचां  लगायतका दलहरुले एमसीसी खारेजीको माग गर्दै मसाल जुलुस निकालेका हुन् ।मसाल जुलुस निकाल्ने क्रममा स्थानीय प्रहरी प्रशासनले अवरोध सिर्जना गरेपनि गुन्टेखाेला  चोकमा आएर संघर्ष समितिले कोणसभा गरेको थियो ।कोणसभामा बोल्दै राष्ट्रिय जनमाेचांका जिल्ला उपाध्यक्ष गाेपाल भट्टराईले एमसीसी खारेजीको अभियानमा साथ दिन राष्ट्रप्रेमी जनतालाई आह्वान गर्नुभयो ।
केन्द्र देखि जिल्ला जिल्ला संयुक्त संघर्ष समितिले एमसीसी विरुद्ध कार्यक्रम गरिरहेको भन्दै राष्ट्रको विषयमा सबैको चासो हुन आवश्यक रहेको बताउनुभएको छ कायंत्रममा नेपाल कम्युनिस्ट पाटिका जिल्ला सदस्य नवीन खड्काले  अमेरिकी साम्म्राज्यवादले जवरजस्ती ढंगले नेपालमा एमसीसी ल्याउन खोजेको भन्दै यसको सशक्त प्रतिरोध गर्नुपर्नेमा जोड दिनुभयो । 
एमसीसी ल्याउन कांग्रेस, एमाले कम्मर कसेर लागेको भन्दै यसको प्रतिरोध स्वरुप सबै राष्ट्रभक्ति जनतालाई सडकमा उत्रिन उहाँले आह्वान गर्नुभयो ।देशमा एमसीसीबारे तीन ओटा धारणा देखा परेको उहाँले बताउनुभयो । एमसीसी फिर्ता नहुँदा सम्म आफुहरुको आन्दोलन निरन्तर जारी रहने राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले  बताए ।  ‘हामी अर्घाखाँचीमा ८ दल विरोधमा छौं, उनले भने,‘राष्ट्रघाती सम्झौता कुनैपनी सर्तमा स्विकार्न सक्दैनौं ।’
मशाल जुलुस सहित विरोधमा उत्रिएका आन्दोलनकारीको मसाल प्रहरीले निभाएको छ ।

अन्य समाचारहरु