छत्रगंज र ठुलापोखरामा कांग्रेसको अन्तरक्रिया तथा भेला कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिकाको वडा नम्वर ५ छत्रगंज र ६ ठुलापोखरामा नेपाली काङ्ग्रेस अर्घाखाँचीको आयोजनामा बृहत् अन्तरक्रिया तथा भेला कार्यक्रम सम्पन्न भएको छ । 
नेपाली काङ्ग्रेस अर्घाखाँचीले संचालन गरेको गाउँ नगर टोल वस्ती जाऔ, बैशाख ३० गते नेपाली काङ्ग्रेसलाई जिताऔ भन्ने अभियान अन्तर्गत छत्रदेवका ५ छत्रगंज र ६ ठुलापोखरामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
 
अन्तरक्रिया कार्यक्रममा उपस्थित स्थानिय नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनालले आफ्ना कार्यकर्ताहरुलाई हित हुने गरि काम गर्न निर्देशन दिनुभयो । जनताको हित हुनेगरी काम गर्न अनुरोध गर्दै सचिव खनालले आगामी निर्वाचनमा पार्टी पहिलो बनाउने गरि लाग्नुपर्ने बताउनुभयो ।
 
कार्यक्रममा धारणा राख्ने नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले छत्रदेवमा विकास निर्माणका काम अत्यधिक भएपनी लक्षित वर्गलाई बजेट कम निकासा गरेको गुनासो गरेका थिए । काङ्ग्रेसलाई मजबुत र आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारीलाई विजयी बनाउन आफुहरु गाउँस्तरमा लाग्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।
  
कार्यक्रममा छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सिदेवी श्रेष्ठ, जिल्ला सदस्य यमराज पान्डे, हरि प्रसाद खनाल, बालकृष्ण श्रेष्ठ, राधा पान्डे, पालिका सभापती प्रकाशराज पन्थी, उपसभापती शोभाखर न्यौपाने, महिला संघ पालिका सभापति शान्ता पन्थि लगायतले मन्तव्य राख्दै देशले काङ्ग्रेसलाई खोजेकाले अब काङ्ग्रेसबिना देशको विकास सम्भव नभएकाले गाउँवस्तीमा बस्ने समस्त नागरिकको बिचमा गएर उनिहरुको दु:ख सुखमा साथ दिनुपर्ने बताएका थिए ।
 
प्रदेश प्रतिनिधि हुमकला भुसाल, सन्जय पान्डे, भानु खनाल पौडेल लगायत स्थानिय नेता कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला सचिव कृष्ण प्रसाद खनालको संयोजकत्व, छत्रदेव ५ छत्रगन्जमा काङ्ग्रेस सभापती अनन्त पन्थिको सभापतित्व, सचिव हरि पराजुलिको सन्चालन र वडा नम्वर ६ का सभापति धनिश्वर पान्डेको सभपित्व, शिक्षक संघका नेता गोपाल पौडेलको स्वागत मन्तव, सचिव रुपनारायण पान्डेको सन्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु