अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीको जगतामा नेकपा (एमाले) ले विभिन्न राजनीतिक दलका ७० घर परिवारका २१५ जना कार्यकर्ताहरु स्वतस्फुर्त आफ्नो पार्टीमा प्रवेश गरेको दावी गरेको छ ।
नरपानीको एमाले स्वागत कार्यक्रममा ७० घर परिवारका २१५ जना पार्टीमा प्रवेश गरेका लगायत सबै ।
नरपानीको जगतामा हिजो नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रका कार्यकर्ताहरुले आफुहरु एक जना पनि एमालेमा प्रवेश नगरेको बताएपनि आज बुधवार एमाले सन्धिखर्क – ६ नरपानी वार्ड कमिटीका अध्यक्ष श्रीधर महत्राले एक विज्ञप्ती जारी गरी स्वतस्फुर्त प्रवेशको दावी गरेका हुन् ।
तर हिजो अविर लगाएका सबैले आज फेरि संपर्कमा आएर हामीहरु कुनै पार्टीमा प्रवेश नगरेको बताएका छन् । “स्थानिय नारायण पुलामीले भने; हिजो त्यहाँ प्रवेश भनेर लेखिएका नाम गाउँमा नै नभएका व्यक्तिका हुन् । स्वतस्फुर्त होइेन, एमालेले हाम्रो १०, १५ जना मान्छेका फोटो खिचेर प्रचार गरे ।”
महत्राले अर्घाखाँचीडट्कममा प्रकासित समाचार सत्य नभएको दावी गरेका छन् । एमालेको नरपानी वार्ड कमिटीले ७०, ८० जनाको उपस्थितीमा पार्टी प्रेवश तथा स्वागत कार्यक्रम गरी ७० घर परिवारका २१५ जना आफ्नो पार्टीमा प्रवेश गरेको दावी तथा प्रसार प्रसार गरेको थियो । तर जगताको कार्यक्रममा उपस्थिती भएर टीका, माला र खादा लगाएर एमालेमा प्रवेश गरेका सबैले हिजो साँझ भने एमालेमा प्रवेश नगरेको बताएका थिए ।
हामीलाई मन्त्री, ठुला नेता आउने रे खुवाउने, पैसा दिने भन्दै हल्लाको भरमा जवर्जस्ती लागेका उनिहरुले बताए । त्यहाँ पार्टी प्रवेश गर्ने कार्यक्रम यो त्यो हो केही भनिएको थिएन् । हामीले त जसले खान, केही दिन्छ उतै जाने हो, काम नभएको दिन भोली मसाल, कांग्रेसको कार्यक्रम भएपनि जान्छौ । आज अविर, माला लगाईदिए नेताले राम्रो गर्छौ भने भने, हामीलाई टीका लगाएर पुग्दैन, हामीलाई यो त्यो पार्टीको मतलब छैन् ।”
उता नरपानीका कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र पक्षले भने एमाले १,२ दिन अगाडि पैसा बाढेर प्रवेशको कार्यक्रम गरेको दावी गरे । कांग्रेसका एक जना स्थानिय नेताले नाम नबताउने सर्तमा भने; एमालेले गाउँ गाउँ अहिलेदेखि नै पैसा बाढने पार्टी प्रवेश गराउने रणनिती बनाएको छ ।” यहाँ नरपानीमा पनि पैसा धेरै बाढेका छन् । तर ति सबै कुनै पार्टीमा जाने होइेनन् । एमालेको समय खर्च मात्र हो ।”
नरपानीमा नेकपा एमालेले आफ्ना केन्द्रीय सचिव टोपबहादुर रायमाझी, नेता रामजी प्रसाद घिमिरे र जिल्ला अध्यक्ष पीताम्बर भुसाल लगायतका नेताहरु उपस्थितीमा पार्टी प्रवेश तथा स्वागत कार्यक्रम गरेको थियो ।
यस्तै जिल्लाभर नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले) र माओवादी केन्द्र लगायतका राजनीतिक दलहरु चुनावी तयारी गरेका छन् । भने पार्टी प्रवेश लगायतका कार्यक्रम गर्दै आएका छन् ।