अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ८ फागुन (अर्घाखाँचीडट्कम) । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै त्यसका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले अर्घाखाँचीमा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ ।
सरकारले एमसीसी संसदमा टेबल गर्न लागेपछि यसको खारेजीको माग गर्दै केन्द्रीय कार्यक्रम अन्तर्गत आज अर्घाखाँची जिल्लामा एमसीसी विरुद्ध प्रदर्शन गरेको हो ।
घेराउ कार्यक्रमसँगै आयोजित कोणसभालाई संयुक्त संघर्षमा सम्बद्ध नेताहरुले एमसीसी संसदमा छिर्नै दिन नहुने भन्दै त्यसका लागि तत्काल जनताका विचमा खारेजीको अभियान चलाउन माग गरेका छन् । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताउदैे एमसीसी नेपाली जनता माथि नेपालका सत्ताधीन राजनितिक दलले अस्तित्व नै समाप्त पार्ने गरी ल्याएको राष्ट्रघाती सम्झौता भएकोले यसका विरुदमा क्रान्तिकारी जनताले सघर्ष गनुपर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट जिल्ला सदस्य नविन खड््काले एमसिसी नेपाली जनताको पक्षमा नरहेकोले एमसिसीको विरुदमा नेपाली जनताले कडा सघर्ष गनुपर्ने बेला आएको बताउदै एमसिसिको पक्षमा हस्ताक्षर गर्ने सासदलाई जिल्ला बहिष्कार गरी उनका श्रीमति छोराछोरीलाई आफुहरुलाई दमन गर्ने प्रहरीका छोराछोरी श्रीमतिलाई समेत लाईनमा सगै लिएर जानुपर्ने बताउदै पुर्खाहरुले संरक्षण गरेको नेपाली भुमागलाई अमेरिकालाईे बुझाउन भन्दा नेपाली जनताको बुट खाएर यही बेला सघर्ष गनुपर्ने बेला आएको बताए ।
कार्यक्रमको राष्ट्रिय जनमोर्चाका जिल्ला सचिब बाबुराम पन्थी सुनारले सञ्चालन गरेका थिए अर्घाखाँचीमा मोर्चा अन्तर्गत नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, राष्ट्रिय जनमोर्चा र देजमोको सहभागिता रहेको छ । अर्घाखाँचीमा ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै तत्काल खारेजीका लागी लगातार सङ्घर्ष गर्दै आएको छ ।