केशब घिमिरे
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको भुजुङ्गेमा धामी झाक्री, पुरोहित, तथा सरोकारवालाहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
खाँचीकोटको भुजुङ्गेमा आज शुक्रवार समता र पहुँचको बारेमा धामी झाक्री, पुरोहित, तथा सरोकारवालाहरुलाई समुदायमा आधारित नव शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखीकरण कार्यक्रमलाई सहजीकरण स्वास्थ्य चौकी प्रमुख प्रेम चन्द बि.कले गर्नु भएको थियो।