अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीद्वारा मतदाता नामावली अध्याबधिक ( दाबी बिरोध समेत ) २०७८ सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ् ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय प्रमुख पिताम्बर शर्मा जिल्ला स्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि , प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे लगायत शुरक्षा निकायका प्रमुखहरु जिल्लामा स्थापित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
नेपाल सरकार द्वारा स्थानीय तहको निर्बाचन २०७९ बैशाख ३० गते घोषण गरिसकेको छ तोकिएकै समयमा निर्बाचन सम्पन्न गर्नको लागी अन्तरक्रिया कार्यक्रम शुरु गरिएको उल्लेख गरिएको थियो यस् निर्बाचनमा २०७९ बैशाख २९ गते १८ बर्ष उमेर पुगेकाले मतदान गर्न पाउने छन् , मतदाताहरुको अन्तिम नामावली २०७८ चैत १३ गते आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत भइ वेबसाइटमा प्रकासन गरि पिडिएफ तयार गर्ने निमित्त जिल्ला निर्बाचन अधिकारी रबि अर्यालले बताउनु भएको छ ।