राष्ट्रिय जनमोर्चाले आफूहरू एमसिसीको विपक्षमा रहेको बताएको छ।
आज प्रतिनिधि सभा बैठकमा एमसिसीबारे सैद्धान्तिक छलफलमा भाग लिँदै राजमो सांसद दुर्गा पौडेलले आफूहरू एमसिसीको पक्षमा नरहेको बताइन्।
उनले एमसिसी सम्झौतालाई अनुमोदन नगर्न सांसदहरूलाई आग्रह पनि गरेकी छन्।
सत्तारूढ गठबन्धनमा राजमो पनि सहभागी छ। गठबन्धनका अन्य चार दल भने एमसिसी पारित गर्नेमा छन्। सेतोपाटीमा समाचार छ ।