सन्धिखर्कमा एमालेको नगर कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न


बसन्त श्रेष्ठ छापेली
सन्धिखर्क, अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क नगरकमिटिको तेस्रो पूर्ण बैठक मदन आश्रित स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटि सदस्य तथा जिल्ला सहइन्चार्ज चेतनारायण आचार्यले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुन पाटीका सबै नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
यतिवेला नेकपा एमालेप्रति देशभर जनलहर श्रृजना भएको भन्दै नेता आचार्यले जुनसुकै गठबन्धनलाई ठेगान लगाउदै जिल्लाका सबै पालिका र वडामा नेकपा एमालेले बिजयी हासिल गर्ने पनि बताउनुभयो । लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनुभएका नेता आचार्यले ५ दलीय अपवित्र गठबन्धनका कारण अहिले देश गम्भिर संकटमा परिरहेको भन्दै जनताको सामु गठबन्धले गरेका कर्तुतहरुलाई सार्वजनिक गर्दै जानुपर्नेमा जोड दिनुभयो ।  
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले एमालेप्रतिको जनताको विश्वास दिनानुदिन बढ्दैगएको बताउनुभयो । घिमिरेले मुलुक स्थानीय तहको निर्वाचनको पूर्व संघारमा रहेको भन्दै गाउ, टोल, बस्ती र बस्तीमा  नेकपा एमाले पुग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष इश्वरा पोख्रेल, जिल्ला कमिटि सदस्य कृष्ण प्रसाद श्रेष्ठ, सन्धिखर्क नगरकमिटि इन्चार्ज युवराज श्रेष्ठ, सह इन्चार्ज रामबहादुर रायमाझी, मोतिजङ्ग रायमाझी लगायतले मन्तब्य राख्दै स्थानीय तहको निर्वाचन र पार्टी संगठन सुदृढीकरणमा जोड दिनुभयो ।
नेकपा एमाले सन्धिखर्क नगरकमिटि अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता, सचिव कुशल भुसालको सञ्चालन र उपाध्यक्ष शिब अधिकारीको स्वागत मन्तब्य रहेको बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आगमी फागुन १८ गते भित्र जिल्लाका ६१ वटै वडा कमिटिको बैठक आयोजना गर्ने जिल्ला कमिटिको परिपत्रको कार्यान्वय गर्ने निर्णय पनि गरेको छ ।
जस अनुसार फागुन २४ गतेभित्र टोलकमिटिको गठन तथा बैठकको आयोजना गर्ने र मसान्त सम्म वडास्तरमा सबै जनबर्गीय संगठनको गठन गरी पार्टी गतिबिधीलाई तिब्रता दिने निर्णय भएको भएको सन्धिखर्क नगर कमिटि प्रचार बिभाग प्रमुख लक्ष्मण पराजुलीले जानकारी दिनुभयो । 

अन्य समाचारहरु