अनिल नेपाली | फोटो: दीपेन्द्र पौडेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । – एमसीसी सम्झौता संसदबाट पास भएपछि ६ कम्युनिस्ट पार्टी र मोर्चाले गरेको नेपाल बन्दको प्रभाव अर्घाखाँचीमा विहानैदेखि परेको छ ।
बन्दका कारण बजार क्षेत्र प्रभाब देखिएको छ जिल्लाका बजार, स्कूल, लामो दुरीका यातायात, बन्द रहेका छन् एमसीसी राष्ट्रको अहितमा भएको भन्दै जनता आक्रोशित भएका छन् ।
लामो समयदेखि जनता स्वतस्फुर्त रुपमा सडकमा निस्किएर संघर्ष गरिरहेका थिए । बन्दको क्रममा अत्यावश्यक एम्बुलेन्स, दम्कल, दुधको गाडी, शववाहनका गाडीहरु चल्न दिने बताइएको छ । नेपाल बन्द साँझ ५ बजेसम्म रहने छ ।
अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट अखिल (क्रान्तिकारी ) का कार्यवाहक अध्यक्ष पदम नेपाली सहित ६ जना र अखिल (छैठौ)का अध्यक्ष जीवन नेपाली सहित अन्य एक जना लाई प्रहरीले आज पक्राउ गरेको छ ।
एमसिसी बर्तमान सरकारले पास गरेपछि त्यसको विरोेधमा सयुक्त मोर्चाले विरोधको कार्यक्रम अनुसार आज नेपाल बन्द गरेको थियो बन्दको पुर्ण रुपमा पालना गनुपर्ने भन्दै बन्द गर्न सडकमा हिडेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।