सन्धिखर्कको बृतिमा स्मार्ट कृषि गाउँ कार्यक्रमको सार्वजनिकीकरण सम्पन्न


रुद्रमणी भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वार्ड १ र २ मा रहेको सन्धिखर्क स्मार्ट कृषि गाउँ कार्यक्रमको आर्थिक बर्ष ७८।७९को कार्यक्रमको बारेमा सार्वजनिकीकरण बृतिमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश सासंद रामजी प्रसाद घिमिरेले कृर्षकहरुलाई कृषिमा आत्म निर्भर बनाउन प्रदेश सरकारले कृषि स्मार्ट कार्यक्रम लागु गरेको बताउनु भयो । उहाँले जिल्लाको सदमुकाम सन्धिखर्कमा स्मार्ट कृषि निकै दुखका साथ पारेकाले नमुनाको रुपमा काम गर्न आग्रह गनु भयो ।
कार्यक्रममा कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका निमितm प्रमुख महेन्द्र ओझा , कृर्षक दिपक नेपाली लगायत स्मार्ट कृषिमा आबद्ध कुडुले ,बृतिm, स्याले लगायतका ५६ जना कृषक हरुको सहभागिता रहेको थियो । आर्थिक बर्ष ७८।७९को कार्यक्रमका लागि ३७ लाख ५० प्रशेस सरकारको लागानी र १६ लाख ७०० कृषकको गरि कुल ५३ लाख ५७ हजार २ सय २६ रुपैया बजेट रहेको कार्यक्रमकी सहजकर्ता मालता भुसालले कृषकलाई जानकारी गराउनु भयो ।
बजेटबाट सन्धिखर्क स्मार्ट कृषिमा आबद्ध कृर्षकहरुको मागको आधारमा बिभिन्न किसिमका बिउ ,टनेल , औजार , मल लगायतका समाग्री खरिद गरिने सन्धिखर्क स्मार्ट कृषिका अध्यक्ष प्रेम नाराय भुसालले जानकारी दिनु भयो । कार्यक्रम माया पंन्थीको पंचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु