अर्घाखाँचीमा संयुक्त ८ मोर्चाले आयोजना गरेको नेपाल बन्द शान्तिपूर्ण रुपमा सम्पन्न (भिडियो,तस्बिरहरु)
फाल्गुन १६ गते, २०७८ मा प्रकाशित
अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा एमसिसी सम्झौता अनुमोदनको विरोधमा संयुक्त ८ मोर्चाले आयोजना गरेको नेपाल बन्द शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
सरकारले एमसिसी सम्झौता गरेपछि संयुक्त ८ मोर्चाले आयोजना गरेको नेपाल बन्दले अर्घाखाँची लगायत देशभरको जनजीवन प्रभावित बनेको थियो बन्द पछि भएको कोेणसभालाई सम्वोधन गदै राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिब मनोज भट्टले बर्तमान सरकारले राष्ट्रघात र जनघातका काम गरेको बताउदै नेपाल र नेपाली जनताको भाबना विपरीत काम गरेर सरकारले विदेशी कठपुतली सज्ञा दिएको बताउदै आफुहरुले सरकारलाई दिएको समर्थनबाट बाहिर रहेको समेत बताए भट्टले अमेरिकामा अहिलेपनि ४ करोड नागरिक गरिबिको रेखामुनी रहेको भन्दै भट्टले नेपालको चिन्ता नगर्न अमेरिकालाई आग्रह गर्नुभएको छ ।
संसदमा राष्ट्रभक्तहरुको मोर्चा कमजोर भएपनि सडकमा बलियो भएको दाबी गर्दै भट्टले क्रान्तिकारी देशभक्त परिबर्तन प्रेमी शक्ति एक हुने बताए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती मगरले राष्ट्रिय स्वाधीनताका लागि देशभक्त एकजुट भएर सघर्ष गनुपर्ने बताउदै कानुनी रुपमा एमसिसिको नेपाली जनताले कडा प्रतिबाद गर्ने समेत बताए कार्यक्रममा आफुहरुले राष्ट्रियताको पक्षमा गरेको आन्दोलनलाई सहयोग गदै सहयोग गर्ने सम्पूर्ण जिल्लाबासी उधोगी व्यबसायी ,शिक्षण संस्था बृद्धिजिवी सबैलाई धन्यबाद समेत दिए ।