अर्घाखाँचीभरका शिवमन्दिरहरुमा महाशिवरात्री पर्वको अवसरमा भक्तजनको भिड (फोटो फिचर)


हरि कुँवर |अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । महाशिवरात्री पर्वको अवसरमा अर्घाखाँचीको सन्धिखर्क -२ चुत्राबेसीमा रहेको शिद्धेश्वर शिवालय लगायत जिल्लाभरका विभिन्न ठाउँमा रहेका शिवमन्दिरहरुमा पूजाआजा गर्ने भक्तजनको भिड लागेको छ ।
जिल्लाका बढी शिवमन्दिरहरुमा आज बुधबार बिहानैदेखि पूजाआजा गर्ने भक्तजनको भिड लागेको हो ।
भगवान शिवशंकर तथा माता पार्वतीको विवाह भएको दिनमा महाशिवरात्रिको रुपमा मनाउँदै आइरहेको धार्मिक परम्परा रहेको छ । महाशिवरात्रिको दिन भगवान शिवको मन्दिरमा पूजाआजा, भजन किर्तन, व्रत तथा जलाभिषेक गर्नाले मनुुष्यको सम्पूर्ण कष्ट निवारण हुने शिव पुराणमा व्याख्या गरिएको छ । 
महाशिवरात्रिको दिन भगवान शिवको लिङ्गमा जलाभिषेक एवं नियमनिष्ठा पूर्वक पूजाआजा गर्नाले मनुष्यको रोग, दोष, पाप, सन्ताप तथा दुःख कष्टबाट मुक्ति पाउनुको साथै मनवान्छित फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ ।
यहाँस्थित शिवमन्दिरमा शिवभक्तहरुको भिड व्यवस्थित गर्न  प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अन्य समाचारहरु