अनिल नेपाली
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङ्गमा अस्थायी प्रहरी चौकी निर्माण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाए अनुसार सन्धिखर्क–गोरूसिंगे सडक तथा सालझण्डी–ढोरपाटन सडकको मुख्य नाकामा हुने विभिन्न अपराधीक घटना नियन्त्रण गर्न सहज हुने भएकोले सोहि ठाउँमा अस्थायी प्रहरी चौकीको निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक उम्मर बहादुर थापाले जानकारी दिनुभयो ।
थापाले स्थानीय व्याराडाईज युवा क्लबले निशुल्क जग्गा दिएपछि भवन बनाएको बताउनुभयो ।
भवनको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै घिमिरेले राष्ट्रिय प्रसारण लाइनको सवस्टेसन पनि सोहि क्षेत्रका बनीरहेकाले त्यसको सुरक्षा तथा स्थानीय नागरिकको शान्ति सुरक्षा कायम गर्नको लागि टेवा पुग्ने घिमिरेले बताउनुभयो कार्यक्रममा वडा न ७ का अध्यक्ष प्रितम बहादुर थापा पत्रकार महासघका अध्यक्ष अशोक खनाल स्थानीय महिला हिरा श्रेष्ठ लगायतले कार्यक्रममा मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्र ना. नि प्रविन आचार्यको सञ्चालन प्रहरी निरिक्षक गणेश खनालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।