अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । संसदिय व्यवस्थाका कारणले जनताले आफ्नो अधिकारको प्रत्याभूति गर्न नसकेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा स्कुलिङ्ग विभाग प्रमुख भेषराज भुसालले बताएका छन् । अर्घाखाँचीको सन्धिखर्कमा बुधबार जनपत्रकार संगठनद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भुसालले यस्तो बताएका हुन् ।
नेता भुसालले नेपालमा २००७ साल देखि अहिले सम्म पनि संसदिय व्यवस्थाले शासन गरेता पनि जनताको पक्षमा काम हुन नसकेको बताउदै जनताले अपेक्षा गरेका पात्र नै सासद मन्त्री पटकपटक सत्तामा पुगे पनि देशमा विघमान रुपमा चरम पुजीबादको आकडा बढेकोले जनताले निकास पाउन नसकेको बताउदै बास्तिक जनताको सत्ता बैज्ञानिक समाजवाद नै अहिलेको निकास रहेको उनले बताए । नेता भुसालले शान्तिपुर्ण ढंगबाट राष्ट्रिय राजनितिका अन्तरविरोधहरुलाई हल गरेर जनतालाई राष्ट्रियता जनतन्त्र र जनजीविकाको ग्यारेन्टि र बर्तमान सरकार गर्न नसक्ने बताउदै त्यसका लागि मुलुकमा प्रगतिशिल सरकारको आबश्यकता रहेको र आफुहरुले प्रगतिशिल सकारको अबधारणा जनताको भाबना अनुसार खाका प्रस्तुत गरेको समेत बताए । एक फरक प्रसगमा नेता भुसालले एमसीसी राष्ट्रघाती र राष्ट्रघाती सम्झौता जनताको भाबना विपरीत सदनबाट पास गरेर बर्तमान सरकारले कलङ्गको टिका लगाएको बताए ।
एमसिसि अहिले संसदबाट व्याख्यात्मक घोषणा सहित एमसीसी पारित गर्नुको अर्थ नभएको समेत बताए । एमसिसि विरुद हरेक पार्टी भित्रका देशभक्तहरु परिबर्तनप्रेमी क्रान्तिकारीको एउर्टै मोर्चा बनाएर सघर्ष गर्ने बताउदै भारत र चिन सग आफ्नो छिमेकी सम्वन्ध रहेता पनि नेपालको भुमि प्रयोग गर्ने अधिकार नेपाली जनतामा निहित रहेको बताए नेपाली जनता माथि कसैले गिद्धे गिद्धे नजर लाएको खण्डमा त्यसका विरुद सघर्ष गर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अर्घाखाँची कपिलबस्तु ईन्चार्ज पदम केसी जिल्ला सेक्रेटरी खेम घर्ती मगर सल्लाहकार टामलाल बस्याल प्रबास अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नबिन खड्का पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, जिल्ला अध्यक्ष अशोक खनाल तथा विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम जनपत्रकार संगठनका लुम्बिनी प्रदेश सचिब तथा जिल्ला इन्चार्ज अनिल नेपालीको अध्यक्षता जिल्ला सदस्य गिरिजा खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।