एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चको ११औँ जिल्ला सम्मेलन सम्पन्न, विशाल मिश्र अध्यक्ष, सचीवमा बिष्णु कुँवर चयन


हरि कुँवर | गणेश खनाल
काठमाडौं । नेकपा (एमाले) अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चको ११औँ जिल्ला सम्मेलनले विशाल मिश्रको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । 
जसको उपाध्यक्षमा दुर्गा प्रसाद खनाल , उपाध्यक्ष (महिला ) गिता पराजुली खनाल , सचिव बिष्णु ब. कुँवर , उपसचिव  गिरिराज पन्थी ,उपसचीव ( महिला ) पुष्पा पाण्डे ,कोसाध्यक्षमा मनिराम अधिकारी चयन भएका थिए । यस्तै सदस्यहरु नारायण प्रसाद बेल्बासे , छविलाल बेल्बासे ,तारापती पोख्रेल ,हरिकला बेल्बासे खनाल , भक्तिराम खनाल,ईश्वरी प्रसाद पौडेल ,कृष्ण प्रसाद पौडेल ,लेखनाथ भुसाल ,देवि रिजाल , पितम मिश्र ,मधु पौडेल ,प्रकाश बस्नेत, नारायण अधिकारी ,पुष्कर बस्नेत ,पुष्पा बेल्बासे,टेकराज पोख्रेल ,कल्पना अधिकारी ,जीवन अधिकारी ,खिमानन्द घिमिरे ,मुक्तिराम अधिकारी , नरहरि घिमिरे , मिनराज पोख्रेल , फर्सुराम पाण्डे ,कृष्ण श्रेष्ठ ,गगन ज्ञवाली,सविता बस्नेत अर्याल ,चिरञ्जीवी अर्याल , इन्द्रा ज्ञवाली, शिवलाल पोख्रेल , अनिल भुसाल , सुजन बन्जाडे , प्रदिप मरासिनी ,यनिस आचार्य ,बल बहादुर रायमाझी र चिरन केसी छनोट भएका हुन ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले नेकपा माअाेवादी केन्द्र र नेकपा एसले एमसिसि प्रकरणमा चिसा पानीले नुहाएकाे बताउनुभयाे । दुई दलले व्याख्यात्मक टिप्पणी लाज छाेप्न र कार्यकतालाइ भ्रममा पार्न ल्याएकाे बताउनुभयाे । केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज बाेमबहादुर विकले अासन्न निर्वाचन एमाले पहिलाे दल बन्ने दावी गर्नुभयाे ।
‘दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार तय गरौँ’ भन्ने नारा सहित ११ औं सम्मेलन काठमाडौंको बागबजारमा भव्यताका साथ सम्पन्न गरेको हो ।  प्रमुख अतिथि ने क पा एमालेका महासचिव शंकर पोखरेल विशिष्ट अतिथ केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज चन्द्र बहादुर खड्का केन्द्रिय सदस्य तथा अर्घाखाँची  स- इन्चार्ज अतिथि बोम बहादुर वि.क.लगाएत अर्घाखाँची देखी काठमाडौं आएका ६०० हाराहारी को उपस्थिति रहएको आयोजक कमिटीले जनाएको छ ।

अन्य समाचारहरु