नुवाकोटमा एमाले निकट अनेरास्ववियु भुमिकास्थानकाे प्रथम नगर अधिवेशन सम्पन्न, अध्यक्षमा नारायण आचार्य चयन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोटमा नेकपा (एमाले) निकट  अनेरास्ववियु भुमिकास्थान नगरपालिकाकाे प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । 
अधिवेशन नेकपा (एमाले) जिल्ला कमिटी सदस्य तथा भुमिकास्थान नगर ईन्चार्ज  खगेश्वर पन्थिकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे हो ।
अधिवेशनले अध्यक्ष नारायण आचार्य  , उपाध्यक्ष बसन्ता गैर ,सचिव विक्रम भट्टराई  सहसचिवमा क्रमश राेसन चुदाली ,पारस भट्टराई , सपना पाैडेल,काेषाध्यक्षमा विनिता गैरे सहित ३१ सदस्य भुमिकास्थान नगर कमिटि सर्वसहमत चयन गरेको छ । 

अन्य समाचारहरु