छत्रदेव गाउँपालिकामा एमालेकाे अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न


अस्लम अली |अर्घाखाँचीडट्कम संवाददाता 
ठुलापाेखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा नेकपा एमालेकाे अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएकाे छ । 
नेकपा एमालेका केन्द्रीय सचिव टाेपवहादुर रायमाझीकाे प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममापुर्व प्रधान उपपञ्च देखि तरुणदलका छत्रदेव गाउकमिटिका काेषाध्यक्ष सहित ३२ घर नेपाली काङ्ग्रेस पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन । कार्यक्रममा पार्टी सचिव रायमाझीले अवकाे निर्वाचनमा नेकपा एमालेवाहेक अरु कुनै पार्टीको विकल्प नभएको जानकारी गराएका छन । छत्रदेवका पालिका अध्यक्षले भाषणमात्रै गरेर समृद्धि नहुने बताएका छन । 
बिशिस्ट अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची सह ईन्चार्ज तथा प्रदेश सभा सदस्य कमरेड चेतनारायण आचार्यले, छत्रदेव गाउपालिकामा पालिकाकाे वजेटवाट अहिलेसम्म कुनैपनि देखिने विकास नगरेकाे जानकारी गराए। प्रदेश वाट प्रत्येक आर्थिक वर्षमा प्रदेश र संघिय सरकारवाहेकका कुनै पनि देखिने याेजना नभए दावि गरेका छन । यसै कार्यक्रममा रिटर्नि फ्रेडेसन नेपालकाे गाउकमिटि कमल पाण्डेकाे अधक्षतामा २५ जनाकाे कमिट समेत गरेका छन । कार्यक्रम पालिका कमिटि इन्चार्ज  कमरेड धुर्व पाण्डे काे अध्यक्षतामा सञ्चालन गरेकाे कार्यक्रममा विशिष्ट अतिथिहरु क्रमस केन्द्रीय सल्लाहकार परिसद सदस्य नरेन्द्र कुमार क्षेत्री, प्रदेश कमिटि सदस्य क ि ज्ञवाली  जिल्का कमिटि अध्यक्ष  कमरेड पिताम्वर भुषाल , उपाध्यक्ष क इश्वरा पाेख्रल, सचिव विधान रायमाझी, उपसचिव शम्भु प्राेख्रेल कार्यलय सचिव तथा संगठन विभाग प्रमुख लिला विक, राष्ट्रिय  युवा संघ का जिल्ला कमिटी संयाेजक शाेभाखर पाण्डेय लगाएकाे उपस्थित रहेकाे थियाे । 
जुन कार्यक्रम पार्टी गाउपालिका सचिव तेजप्रसाद खनालकाे सञ्चालनमा सम्पन्न भयाे ।

अन्य समाचारहरु