माधब खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं नगरपालिका स्तरीय संयुक्त प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ ।
सन्धिखर्कमा आज सोमवार अखिल नेपाल युवक संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं नगरपालिका स्तरीय संयुक्त प्रशिक्षणात्मक भेला सम्पन्न भएको हो ।
भेलाले ५ सदस्यीय सल्लाहकार सहित भुपाल बिसी अध्यक्ष २३ सदस्यीय अखिल नेपाल युवक संघ सन्धिखर्क नगर समिति गठन गरेको छ। जसको उपाध्यक्षमा कमल ढकाल सचीव खुमराज खनाल संजय नेपाली कोषाध्यक्ष सहसचिवमा मिनु पोख्रेल रहनुभएको छ भने गिता थापा मगर अध्यक्ष रहेको २१ सदस्यीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं सन्धिखर्क नगर समिति गठन गरिएको छ समितिको उपाध्यक्षमा हिमलाल रोका सचीव कविता राना सहसचिव पुजा थापा कोषाध्यक्षमा कपिला थापा मगर रहनुभएको छ ।
यस्तै युवकसँघ सदस्यहरुमा सुरज केसी, कबिता राना, कमल खनाल, बिशाल नेपाली, बिजय पोख्रेल, बुद्धि नेपाली, हिमाल बन्जाडे, जिबन खनाल, महेश पाण्डे, शिव पाण्डे, गणेश खनाल, रेशम रायमाझी, शान्ता खड्का, शिव बन्जाडे, सागर ब.सी. र सागर वली रहनुभएको छ ।
यस्तै सल्लाहकारमा बसन्त खड्का, तारा हिताङ्ग, पुरन नेपाली, शिव बेल्बासे र दामोदर केसी रहेका छन् ।
प्रशिक्षणात्मक भेलालाई अखिल नेपाल युवक संघका केन्द्रिय सचिव कुलराज खनाल, प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसी अखिल नेपाल ट्रेड युनियनका गोबिन्द बिसि अखिल नेपाल जनजाति सम्मेलनका उषा पुन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौंका केन्द्रिय सल्लाहकार गोपालप्रसाद भट्टराई लगायतले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता बसन्त खड्का स्वागत मन्तव्य शिव बेलबासे र जिबन नेपालीको संचालनमा सम्पन्न भएको थियो ।