अर्घाखाँचीमा ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रहरीद्धारा प्रभातफेरी कार्यक्रम सम्पन्न (तस्बिरहरु)


अनिल नेपाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रहरीले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।  
महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माण गर्नुपर्नेमा सबैको जोड रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी गणेश खनालले बताएका छन् । 
आज सदरमुकाम सन्धिखर्कमा नेपाल प्रहरीद्धारा आयोजित प्रभातफेरी कार्यक्रममा मन्तव्य राख्दै खनालले  यस्तो बताएका हुन् । महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागि रहनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख बेल कुमारी परियार, सशस्त्र प्रहरी बल ३६ न. गुल्मबाट सशस्त्र प्रहरीको टाली, जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी लगायको उपस्थिती रहेको थियो । 
विभिन्न नाराहरु लगाउदै सन्धिखर्क बजार परिक्रमा गरी शान्ति बँगैचामा आइ कार्यक्रम कोण सभामा परिणत भएको थियो । 

अन्य समाचारहरु