पोखराथोकमा उपभोक्ता व्यावसायिक र कम्पनी बीच एकदिने अन्तरक्रिया सम्पन्न (तस्बिरहरु)


डिआरजी सुमन 
पोखराथोक, मंगलवार २४ फागुन २०७८ । पाणिनी देखी विभिन्न स्थानमा संचालन हुँदै आएका यातायातका साधन र व्यावसायिकोसमस्या वारेमा एकदिने अन्तरक्रिया पोखराथोकमा सम्पन्न भएको छ ।
 निजी सवारी साधनमा यात्रुको दुर्घटना भएको खण्डमाक्षतिपूर्तिमा समस्या हुन सक्ने भएको वताउदै सार्वजनिक यातायात मा यात्रा गर्न यात्रुलाई ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रमआयोजना गरिएको गोपाल पौडेलले वताउनु भएको छ । रातो नंवर प्लेट र कालो नंवर प्लेटको वारेमा स्पष्ट पार्दै श्रीनगर यातायात सेवाकम्पनी प्राली का कोषाध्यक्ष किरण चित्रकारले सम्बन्धीत पक्षलाई सार्वजनिक यातायात मै यात्रा गर्नमा जोड़ दिनु भएको छ । 
सार्वजनिक यातायात दुर्घटना भएमा क्षतिपूर्तिमा समस्या नहुने,उपचार खर्चको सुनिश्चिता हुने,सुरक्षा र विमाको व्यावस्था हुने लगायतकोविषयमा श्रीनगर यातायात सेवा कम्पनी प्रा.ली का अध्यक्ष डिल वहादुर ढुंगाना लें स्पष्ट पार्नु भएको थियो । 
पाणिनि गाँउ पालिका २पोखराथोकमा सम्पन्न एकदिने अन्तरक्रियामा पाणिनि गाँउ पालिका ४ नं वडा अध्यक्ष स्थानेश्वर घिमिरे,देउराली यातायातका युवराजज्ञावली, श्रीनगर यातायात का डिल वहादुर ढुंगाना, किरण चित्रकार, भविन्द्र गौतम, स्वतन्त्र पत्रकार डिआरजी सुमन , प्रहरी चौकि खिदिमका प्रमुख, सरोकारवालाको उपस्थितिमा सार्वजनिक तथा निजी यातायात संचालनमा देखिएका समस्या र समाधानको विकल्प वारेमाअन्तरक्रिया सम्पन्न भएको छ । – तस्वीर डिआरजी सुमन/पोखराथोक अर्घाखाँची ।
 

अन्य समाचारहरु