प्रदिप नेपाली | अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा नेकपा एमाले निकट अनेरास्ववियु भेला सम्पन्न भएको छ ।
ठाडामा रहेको श्री ज्योति भविश्वर माविमा नेकप एमाले निकट अनेरास्ववियु भेला सम्पन्न भएको छ ।
ठाडाको श्री ज्योति भविश्वर माविमा आज बुधवार अनेरास्ववियु भेला सम्पन्न भएको हो । भेलाले बिस्नु अर्यालको अध्यक्षतामा २१ सदस्य कमिटी गठन गरेको छ ।
यस्तै सरस्वती मा.वि मा अस्मिता वि.काे अध्यक्ष्यतामा ३९ सदस्य कमिटी गठन भएकाे छ । अनेरास्ववियु जिल्ला संयाेजक नारायण भुसालकाे प्रमुख अतिथ्यता , राष्ट्रिय युवा संघ सितगंगा नगर संयाेजक तिलक अधिकारी , अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य सन्ताेष भट्टराई , मधु वेल्वासे, विराट अर्याल , सन्दिप भुसाल , सुशील भुसालकाे विशेष उपस्थितिमा सम्पन्न भएकाे छ ।
अनेरास्ववियु अर्घाखाँचीकाे विधार्थी जागरण तथा सदस्यता वितरण कार्यक्रम छत्रदेव गाउँपालिका चिदिका काे चन्द्र मा.वि मा नवराज श्रेष्ठ काे अध्यक्ष्यतामा ३९ सदस्य कमिटि गठन भएकाे छ । कार्यक्रममा जिल्ला अनेरास्ववियु कमिटि सचिवालय सदस्यहरु युवराज गैरे, वावुराम पाैडेल, सन्धिखर्क नगर कमिटि अध्यक्ष विक्रम नेपालीले मनतव्य राख्नु भएकाे थियाै ।
यसै गरि छत्रदेव गाउँपालिका ७ काे जनकल्याण मा बि मा निश्चल दर्लामी मगरकाे अध्यक्ष्यतामा ३९ सदस्य र सारदा मा.वि मा पार्वता खनालकाे अध्यक्ष्यतामा ३९ सदस्य कमिटी गठन भएकाे छ । कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य विष्णु चाैहान , विराज मुखियाले मनतव्य राख्नु भएकाे थियाै ।