सन्धिखर्कका घरघरमा कौशी खेती संचालन (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सिर्जनशिल एकीकृत दियो बिकास समाजले फोहोर वर्गीकरण तथा घरघरमा कौशी खेती अभियान संचालन गरेको छ । 
सन्धिखर्कमा काठमाडौ लैनचौरबाट  संचालित सिर्जनशिल एकीकृत दियो बिकास समाजले फोहोर वर्गीकरण तथा घरघरमा कौशिखेती अभियान संचालन गर्दै आएको हो । 
समाजले अर्घाखाँची सामाजिक बिकृती बिसङतीहरु लाई न्युनिकरण गरि स्थानीय श्रोत साधन र सिपको उपभोग गर्दै नागरिक हरुलाइ सचेत सिर्जनशिल नैतिकवान तथा स्वाबलम्बि बनाइ स्वच्छ सुन्दर र शुसासन सहितको समृद्ध समाज निर्माण गर्न को लागि फोहोर वर्गीकरण तथा घरघरमा कौशिखेती अभियान संचालन गरेको छ ।
उक्त समाजले स्थानीय श्रोत साधन र सिपको उपभोग गर्दै शुसासन सहितको आत्मनिर्भर बनाउदै समाजमा बिध्यमान रहेका बिकृती बिसङतीलाई न्यूनीकरण गर्दै नागरिकलाई सचेत सिर्जनशील नैतिकवान तथा स्वाबलम्भी बनाउने उदेश्यले कार्यक्रम संचालन गरिएको छ।

अन्य समाचारहरु