छत्रदेव गाँउपालिकामा आधारभुत क्षमता अभिबृद्धि सम्वन्धी ७ दिने तालिम शुरु

अनिल नेपाली 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाँउपालिकामा आज स्वास्थ्यकर्मीहरुका लागि बृहत् पोषण विशेष कार्यक्रम सम्वन्धी आधारभुत क्षमता अभिबृद्धि तालिमको आज गाँउपालिका उपाध्यक्ष तुल्सादेबी श्रेष्ठले उद्घाटन गनुभएको छ । 
 उद्घाटन गदै उपाध्यक्ष श्रेष्ठले मानिसमा पोषणको महत्व रहेकोले ध्यान दिन आग्रह गदै समुदायमा रहेका बालबालिका गर्भबतीले पोषण सम्वन्धी शिक्षा दिन आबश्यक रहेको बताउदै पोषणको अबस्थाको लेखाजोखा गरी कुपोषणका समस्याको बारेमा पहिचान गर्नुपर्ने बताउनुभएको थियो । 
७ दिनसम्म चल्ने कार्यक्रममा गाँउपालिका स्वास्थ्यकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको छ । 
कार्यक्रम सिअ‍ेहब मेघराज न्यौपानेको सञ्चालन स्वास्थ्य शाखा प्रमुख बृद्धिराम न्यौपानेको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा ठुलापोखरा स्वास्थ्यचौकी प्रमुख विश्वदेब न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।

अन्य समाचारहरु