जिबन नेपाली | अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाको ढाकावाङमा रहेको श्री विश्व माध्यमिक विद्यालयमा एमसिसी बिरुद्धको बिषयमा अखिल( छैठौं) र अखिल (क्रान्तिकारी ) को आयोजनामा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ ।
ढाकावाङको श्री विश्व माध्यमिक विद्यालयमा आज शुक्रवार एमसिसी बिरुद्धको बिषयमा अखिल( छैठौं) र अखिल (क्रान्तिकारी ) मुल इकाई समितीको आयोजनामा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त कार्यक्रमलाई अखिल छैठौं का केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष जीवन नेपाली र अखिल क्रान्तिकारि का केन्द्रिय सदस्य नवीन खड्का ले सम्बोधन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष नेपालीले राष्ट्रघाती एम.सी.सी. सम्झौतालाई नेपाली जनताले कुनै हालतमा कार्यावन्यन हुन नदिने , एम.सी.सी. को विरुद्धमा विद्यार्थीहरूले निरन्तर सङ्घर्ष गर्ने , रास्ट्रको लागि ज्यानको बलिदान पनि तयार रहेको र बिद्यार्थीको बोल्ने बानीको बिकासको लागि यस्ता प्रतियोगिताको आबश्यता रहेको बताउनु भयो ।
उक्त प्रतियोगितामा मनिसा बेलबासे प्रथम ,उमेश भुसाल दोस्रो ,रितु खनाल तृतीय र सुबाश खनाल सान्त्वना हुनुभयको थियो ।कार्यक्रमा अखिल( क्रान्तिकारी )जिल्ला उपाध्यक्ष पदम नेपाली ,जिल्ला कोषाध्यक्ष सुनिल नेपाली ,अखिल (छैठौं )का नगरसदस्य विशाल खनालको उपस्थिति रहेको थियो ।
कार्यक्रम वर्षा रिजाल को अध्यक्षता र अखिल( छैठौ) बिश्व माध्यमिक बिद्यालय मुल इकाइ समिती अध्यक्ष प्रसम्सा खनालको सन्चालन मा सम्पन्न भएको थियो