अराज बेल्बासे
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा एकल महिला र पुरुष तथा अपांग परिचय पत्र वितरण कार्य आजबाट शुभारम्भ भएको छ ।
नेपाल सरकारको सामाजिक सुरक्षा कार्यक्रममा बन्चितिकरण परेका नगरवासीहरुलाई जिवनयापनमा सहयोग पुगोस भन्ने उद्देश्यले आ.व २०७८÷७ं९ को स्वकृत वार्षीक निति कार्यक्रम र बजेट मार्फत ४३ जना एकल पुरुष ,एकल महिला ,ग वर्ग अपाङ्गलाई परिचय पत्र वितरण गरीएको हो । ग वर्गका अपांगता भएका र एकल जिवन बिताएका पुरुष र महिलालाई नगरपालिकाले सामाजिक शुरक्षा भत्ता दिने नगरपालिकाले निर्णय गरे अनुसार परिचयपत्र बितरण गर्न सुरु गरिएको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दनु भयो ।
आज पहिलो दिन वडा न १ का ३ जना , वडा न ३ का ३ जनावडा न ४ का १२ जनालाई , वडा न ५ का ४ जना ,वडा न ६ का ८ जना, वडा न ७ का ९जना ,वडा न १० का १ जना वडा न १२ का २ जना र वडा न १४ का १ जना गरी ४३ जना लाई परिचय पत्र बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालबाट परिचय पत्र वितरण गरिएको थियो ।
आज परिचय पत्र लिन छुटेकाहरुले आफ्नो वडा कार्यलयमा सम्पर्क राखी परिचय पत्र लैजान सक्ने नगर प्रमुख शुर्य प्रसाद अधिकारीले वताउनु भयो ।