वाङलामा कृषकलाई तरकारी बीउ विषादी तथा पशुपंक्षीहरुकाे औषधी वितरण कार्यक्रम सम्पन्न

प्रेमनारायण आचार्य 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङलामा कृषकलाई तरकारी बीउ विषादी तथा पशुपंक्षीहरुकाे औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ । 
कृषि र पशुपामा व्यवसायीकता साथै स्वराेजगार सृजना गर्न कृषकलाई तरकारी बीउ विषादी तथा पशुपंक्षीहरुकाे औषधी वितरण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयाे । 
कार्यक्रममा कृषकलाई माैषमी तथा बेमौसमी तरकारी लगाउने तरिका तथा पशुपंक्षीहरुलाई खुवाउने औषधीकाे बारेमा सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई तथा प्राविधिकहरू बुद्धि गाैतम र प्रदिप आचार्यले जानकारी गराउनु भएको थियोे । 
कार्यक्रममा ३० वटा कृषक समुहहरुलाई    काक्रा, बाेडी, सिमी, घिराैला लगायतका बीउ वितरण गरिएको छ । साथै नियमित रुपमा वडाबाट नियमित रुपमा पशुपंक्षीका औषधी वितरण गरिदै आएकाे छ । 
कार्यक्रममा वडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ , सदस्यहरु उमानन्द अधिकारी , हुमलाल श्रेष्ठ , शिवमाया अाचार्य, लाेचनादेवी श्रेष्ठ , वडा सचिव संगिता घिमिरे , कृषकको तर्फबाट साबित्रा भट्टराई लगायतले मन्तब्य राखेका थिए । 

अन्य समाचारहरु