अर्घाखाँचीमा तीनै तहकाे चुनावमा गठबन्धन गरेर अघि बढ्ने पाँच दलको सहमति (तस्बिरहरु)


अर्घाखाँचीमा अब हुने तीनै तहकाे चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने पाँच दलबीच सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले सन्धिखर्कमा आज साेमवार पत्रकार सम्मेलन गरी स्थानीय, प्रदेश र सङ्घीय चुनावका साथै जिल्लास्तरीय सङ्घ–संस्थाका चुनावमा गठबन्धन गरेर अगाडि बढ्ने जानकारी गराएका छन् । 
केशवराज ज्ञवाली 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । स्थानिय चुनाव नजिकिदै गर्दा अर्घाखाँचीमा सकृय दलहरुले एकजुट भएको सन्देश दिएका छन् । 
आज सन्धिखर्कमा आकस्मिक पत्रकार सम्मेलन गर्दै उनिहरुले यस्तो बताएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै नेपाली काङ्ग्रेसका जिल्ला सभापती  केशब श्रेष्ठले यो एक्यवद्धता स्थानिय निर्वाचन देखि संघिय निर्वाचन सम्म हुने बताएका छन् ।            
लोकतन्त्र स्थापनामा पत्रकारहरुको उल्लेख्य भुमिका रहेको स्मरण गर्दै उनले यो उपलब्धीको रक्षाको निम्ति थप चनाखो हुँदै  कलम चलाउन समेत अपिल गरेका छन । 
नेकपा एमाले सहिदको सपना साकार पार्नुको सट्टा ब्यक्तिबादी चिन्तनमा मग्न भएको आरोप पनि श्रेष्ठले लगाएका छन  ।अर्घाखाँचीमा जिल्ला स्तरका नेताहरुमा पनि अहंकार र घमन्ड कायम रहेको उनले बताए । यस्तै सम्मेलनमा बोल्दै माओबादी केन्द्रकी छमकुमारी खनालले ओलिको निरंकुशता र तानशाहको बिरुद्दमा सम्पुर्ण लोकतन्त्रमा बिस्वास राख्ने शक्तिहरु  एकजुट भएर लागिपर्ने प्रतिबद्दता ब्यक्त गरिन ।
 यस्तै जनमोर्चाका शेर बहादुर बि. सि. ले एमाले प्रतिगमन कार्यमा उद्दत रहेकोले जसरी पनि लोकतन्त्र रक्षा गर्न आफुहरु गठबन्धनमा लाग्नुपरेको स्पस्ट पारे ।
अन्य दलहरुका प्रतिनिधिहरुले पनि बिगतमा भएका गल्ती सच्चाउदै गाउँ तह देखि संघिय निर्वाचन सम्म एकै भएर लाग्ने प्रतिबद्दता जनाए ।
 पत्रकार सम्मेलनमा जिल्लामा सक्रिय राजनितिक दलहरु नेपाल जनता पार्टी , राष्ट्रिय जनमोर्चा , माओबादी केन्द्र , एकीकृत समाजजबादी र नेपाली काङ्ग्रेसका जिल्ला अध्यक्ष लगायतका नेताहरुको उपस्थिती थियो ।

अन्य समाचारहरु