अर्घाखाँचीमा फागु पर्व होलीमा जवरजस्ती लोला हान्ने र रङ छ्याप्नेलाई सार्वजनिक मुद्धा

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा फागु पर्व होली नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय अर्घाखाँची तथा प्रहरीले जवरजस्ती लोला हान्ने, रङ छ्याप्ने, इच्छा विपरित रङ दल्नेलाइ पक्राउगरि सार्वजनिक मुद्धा मार्फत कारवाही गर्ने बताएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक सुचना जारी गरी रङ्गहरुको पर्व होली नजिकीदै गर्दा कसैलाई कसैको ईच्छा बिरुद्ध जवरजस्ती लोला हान्ने रङ छयाप्नेलाई पक्राउ गरि सार्वजनिक मुद्धा मार्फत कारवाही गर्ने बताएको हो ।    
होलीलाई मर्यादित बनाउन होलीमा आपराधिक गतिविधि हुन नदिन प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले बताएको छ । 
  जथाभावी लोला हान्ने तथा रंग दल्नेलाई सार्वजनिक अपराधमा मुद्दा चलाउने प्रहरी, प्रशासन बताएको छ ।
यस्तै प्रहरीले बालबालिकाहरु बाटो, छत लगायत स्थानमा असुरक्षित तवरले होली खेल्ने हुँदा दुर्घटना निम्तने भन्दै बालबालिकाहरुलाई सुरक्षित राख्न आग्रह गरेको छ ।
त्यसैगरि होली पर्वका नाममा चन्दा संकलन गर्ने र नचिनिने गरि रङ लगाउने, मदिरा सेवन गरी सवारी चलाऊने, बसको छतमा यात्रा गर्ने, हेलमेट नलगाई मोटरसाइकल चलाउने, मोटरसाइकलमा दुई जना भन्दा बढि बस्नेलाई समेत नियन्त्रणमा लिई कारवाही गर्ने प्रहरीले जनाएको छ।

अन्य समाचारहरु