अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । संघीय युवा तथा खेलकुद मन्त्रालयले अर्घाखाँचीको मालारानी गाउँपलिका वडा नम्बर ८ हंसपुर निवासी खिम प्रसाद पन्थिलाई राष्ट्रिय युवा प्रतिभा सम्मान – २०७८ प्रदान गरेको छ। आइतबार मन्त्रालयमा आयोजना गरिएको विशेष कार्यक्रममा उक्त सम्मान सहित नगद रु साठी हजार पन्थिलाइ हस्तान्तरण गरिएको थियो।
बिज्ञान तथा प्रविधी , युवा बिकास र शिक्षा तर्फ कृयाशिल पन्थिले विगतमा विभिन्न वैज्ञानिक सम्मेलनहरुको नेतृत्व गरेको , युवा बैज्ञानिक अनुसन्धान ग्रान्ट निर्माणमा योगदान पुर्याएको र नितिगत तहमा बिज्ञान तथा प्रविधि क्षेत्रका युवाहरुका समस्याहरुलाइ सम्बोधन गर्न महत्वपूर्ण योगदान पुर्याएकोले निजलाइ सम्मान प्रदान गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
पन्थीले राष्ट्रिय युवा परिषदमा विज्ञान तथा प्रविधी विज्ञ सदस्य तथा नेपाल केमिकल सोसाइटीको सचिव भएर विज्ञानको क्षेत्रमा काम गरेका थिए।
कुहिने प्लास्टिकजन्य पदार्थ निर्माणमा अनुसन्धानरत उनी त्रिभुवन विश्वबिधालयको रसायन शास्त्रका उप प्राध्यापक पनि हुन।
प्रत्येक युवा मन्त्रालयले प्रदान गर्ने युवा प्रतिभा सम्मान बाट यो वर्ष विभिन्न विषयगत विधा बाट जम्मा १२ जना र राष्ट्रिय युवा पत्रकारिता पुरस्कार बाट ४ जनालाइ सम्मानित गरिएको थियो।