धातिवाङ्गमा श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी प्रारम्भीक साधारण सभा सम्पन्न

संगम भट्टराई
धातिवाङ्ग, अर्घाखाँची । लुम्बिनी प्रदेश सभाका सदस्य रामजीप्रसाद घिमिरेले सहकारी नै आर्थिक समृद्धीको आधार रहेको बताएका छन् । 
श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था पाणिनी–६, धातिवाङ्गको प्रारम्भीक साधारण सभालाई सम्बोधन गर्दै घिमिरेले कृषि र पशुपालनबाट जनता समृद्ध बन्न सक्ने बताएका छन् । ग्रामिण भेगका जनता समृद्ध बन्न सहकारी संस्थाको महत्वपुर्ण भुमिका हुने बताए ।
पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले गाउँपालिकाले कृषि र पशुपालनलाई प्राथमिकता दिएको बताए । उनले गाउँपालिकाले दुध उत्पादन गर्ने कृषकलाई अनुदान दिएको बताउँदै उत्पादनका आधारमा अनुदान दिने बताएका छन् ।
कार्यक्रममा सहकारीका ऋण लगानी तथा उपसमितीका संयोजक मणिराम पौडेल, पाणिनी–६ धातिवाङ्गका वडाअध्यक्ष शुभबहादुर सारु, स्वास्थ्य चौकी इन्चार्ज तथा शेयर सदस्य मित्रदेव पौडेल, एमालेका अध्यक्ष टामलाल पौडेल, काँग्रेसका सभापति मोदनाथ पौडेल, लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेल, पाणिनी गाउँपालिका कार्यपालिका सदस्य तारा पौडेल लगाएतले शुभकामना मन्तव्य राख्दै संस्थाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम श्री सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था तदर्थ समितीका अध्यक्ष घनश्याम पौडेलको अध्यक्षता, उपाध्यक्ष थानीश्वर पौडेलको स्वागत र सचिव पुष्कर पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रारम्भीक साधारण सभाले घनश्याम पौडेलको अध्यक्षतामा ३ वर्षका लागी नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा थानिश्वर पौडेल, सचिव पुष्कर पौडेल, कोषाध्यक्ष मित्रदेव पौडेल, सदस्यहरुमा लिलापती पौडेल, बसन्ता भट्टराई पौडेल, हुमनाथ पौडेल, अमृता पौडेल र मुमबहादुर विक निर्वाचित भएका छन् ।
त्यस्तै प्रारम्भीक साधारण सभाले   इन्द्रमणि पौडेलको संयोजकत्वमा सल्लाहकार समिती चयन गरेको छ । जसको सदस्यमा देवीप्रसाद पौडेल र टिकाराम पौडेललाई चयन गरिएको छ ।
ऋण लगानी तथा असुल उपसमितीको संयोजकमा मणिराम पौडेल, रविलाल पौडेल र रामबहादुर क्षेत्री चयन हुनुभएको छ ।
लेखा सुपरिवेक्षण समितीको संयोजकमा प्रेमनारायण पौडेल, चिन्तामणी सारु र कविता पौडेल चयन हुनुभएको छ ।
त्यस्तै भेलाले शिक्षा समितीको संयोजकमा हिमलाल पौडेल, नमराज पौडेल र घनश्याम पौडेल सदस्यमा चयन हुनुभएको छ । सहकारीमा २५४ जना शेयर सदस्य रहेका छन् ।

अन्य समाचारहरु