काठमाडौँ – वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि वैशाख ११ र १२ गते मनोयन हुने भएको छ।
निर्वाचन आयोगले शुक्रबार गरेको निर्णयअनुसार दुई दिन मनोनयनको समय दिन लागिएको प्रमुख निर्वाचन आयुक्त दीनेश थपलियाले दिए ।
थपलियाका अनुसार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन वैशाख १६ गते हुनेछ। १७ गते आयोगले उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गर्नेछ।
आयोगका अनुसार उम्मेद्वार प्रारम्भिक नाम वैशाख १२ गते बेलुका सार्वजनिक हुनेछ। १३ गते उम्मेद्वारको विरुद्धमा उजुरी दिने, वैशाख १४÷१५ गते उजुरी उपर छानबिन गरी निर्णय गर्ने, उम्मेद्वारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गर्ने १६ गते हुने आयोगले जनाएको छ। देश सञ्चारमा समाचार छ ।
यस्तो छ आयोगले तय गरेको निर्वाचन कार्यतालिका