खिदिमका दुवै मिर्गौला पिडित भूपेन्द्र दर्जीलाई गोकुल सुनारद्धारा संकलित रकम हस्तान्तरण (सहयोगीको विवरण, भिडियो, तस्बिरहरु)

डिआरजी सुमन
खिदिम, शनिवार,०५ चैत्र २०७८ (अर्घाखाँचीडट्कम) । पाणिनी गाँउपालिका खिदिमका दुवै मिर्गौला पिडित भूपेन्द्र दर्जीलाई समाजसेवी गोकुल सुनार द्धारासंकलित रकम हस्तान्तरण गरिएको छ ।

पाणिनी गाँउपालिका वडा नं ३ खिदिमका भूपेन्द्र दर्ज़ीको घरको आर्थिक अवस्था कमजोरभएपछि स्थानीय युवा विकास भूसालको संयोजकत्वमा भूपेन्द्र वचाउ अभियान सुरु भएको एकहप्ता मैं सहयोग गर्नेहरुको उपस्थित हुनलागेको छ ।
स्वतन्त्र पत्रकार डिआरजी सुमन ले गतहप्ता मिर्गौला पिडितको घरमै पुंगी राहत रकम हस्तान्तरण गरेको समाचार र भिंडियों रिपोर्ट अर्घाखाँची डटकममा सार्वजनिक भएको देखेपछि स्थानीय युवा गोकुल सुनारले आफु कार्यरत कार्यालयका कर्मचारिहरुसँगकोसहकार्यमा संकलन गरेको सहयोग रक़म शनिवार एक कार्यक्रम विच पिडितको निवासमै पुगी पाणिनी गाँउ पालिका ३ नं वडा अध्यक्षदेवी वहादुर क्षेत्री मार्फ़त अभियान कर्ता विकास भूसाल र पिंडित परिवार लाई नगद चौविस हज़ार आठ सय पचास रुपैया हस्तान्तरणगरिएको छ । – तस्वीर डिआरजी सुमन/खिदिम अर्घाखाँची ।

अन्य समाचारहरु