अर्घाखाँचीमा एमाले निकट राष्ट्रिय उद्योग व्यवसाय महासंघको प्रथम जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा घिमिरे चयन

शोभाखर पन्थी 
सन्धिखर्क, अर्घाखाँची  चैत -५ (अर्घाखाँचीडट्कम) । नयाँ नेतृत्वको चयन गर्दै नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ अर्घाखाँचीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले बेदराज घिमिरेको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समितिको चयन गरेको छ ।नवगठित समितिको उपाध्यक्षमा दिपक घिमिरे ,हुमबहादुर सिंह ठकुरी ,सचिव पार्वता श्रेष्ठ ,सहसचिव हरि घिमिरे ,डासिराम पाण्डे ,कोषाध्यक्ष जमालदिन मियाँ र सह-कोषाध्यक्षमा बसन्ता पौडेल रहनु भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले निजी क्षेत्रका समस्या प्रति राज्य उदासीन भएको बताउनुभयो । वर्तमान परमादेश सरकार हरेक क्षेत्रमा असफल सावित भएको भन्दै उहाँले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा फसेको गुनासो गर्नुभयो ।
लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री समेत रहनु भएका आचार्यले नेकपा एमाले नेतृत्वको सरकारले विनियोजन गरेको अर्घाखाँची जिल्लाको करीब २ अर्व बजेट गठबन्धन सरकारले कटौती गरेर जनतालाई धोका दिएको बताउनुभयो ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका संयोजक बेदराज घिमिरेको अध्यक्षता,पदम भुसालको स्वागत मन्तव्य र पार्वता श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. २ प्रदेश कमिटीका सचिव कृष्णप्रसाद श्रेष्ठ ,सन्धिखर्क नगर कमिटीका ईन्चार्ज युवराज श्रेष्ठ ,नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय सदस्य योगेन्द्र खड्का ,नेकपा एमाले प्रचार विभाग प्रमुख शोभाकर पन्थी ,जिल्ला कमिटी सदस्य शुष्मा श्रेष्ठ लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो ।

अन्य समाचारहरु