अर्घाखाँचीमा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघको ५ औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा रायमाझी चयन

हरि कुँवर
सन्धिखर्क, अर्घाखाँची  चैत -५ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा (एमाले) निकट  राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ५ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । 
सन्धिखर्कको साथी होटलमा आज शनिवार नेकपा (एमाले) निकट  राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ५ औं जिल्ला अधिवेशन अध्यक्षमा बलराम रायमाझीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति चयन गर्दै सम्पन्न भएको हो ।  
यस्तै उपाध्यक्षमा सुशीला परियार उपाध्यक्ष तिलका भुसाल गिता शाह , सचीव रामचन्द्र भुसाल , कोषाध्यक्ष  सीता क्षेत्री  सह- सचीव  पम्फा भुसाल र रमेश बिक सहित ३१सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
 कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि राष्ट्रिय जनसांस्कृतिक महासंघ  नेपाल केन्द्रिय महासचिव प्रेमनाथ अधिकारीले अर्घाखाँची जिल्लाको मुक्तकठले प्रसंशा गरेका थिए। विकृति ले हाम्रो सामाज संस्कृति लाई धोका दिएको जिल्लाभरका स्रष्टा–सर्जकहरू एकजुट हुन आग्रह गर्दै पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना शुभेच्छुक संस्कृतिकर्मीका लागि नेकपा एमालेले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।  
हुनत कलाकार रास्ट्रका गहना मात्र होइन अमूल्य गहना हुन । राष्ट्रले आफूहरूलाई कहिल्यै वास्ता नगरेको दुःखेसो पोखेपछि दुई-चार प्रस्तुति दिएर कलाकार मञ्चबाट बिदा हुनुपर्ने बाध्यता को अन्त्य गर्न आफू लागीपरेको बताए कला क्षेत्रमा देखा परेका गम्भीर समस्या त्यसले उत्पन्न गरेका तरङ्गहरू र आजको विषम परिस्थितिमा स्रष्टा–सर्जकहरूले खबरदारीपूर्ण भूमिका निर्वाह गर्नु पर्ने भएको बताए ।  
विशिष्ट अतिथि नेकपा एमाले केन्द्रिय परिषद सदस्य लक्ष्मण रायमाझी , राष्ट्रिय जनसांस्कृतिक महासंघ जिल्ला इन्चार्ज मोतीराज खनाल ,नेकपा एमाले जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का , नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल , जिल्ला उपाध्यक्ष इश्वरा पोखरेल , सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल र नेपाल पत्रकार महासंघ अर्घाखाँची जिल्लाका तत्कालीन अध्यक्ष हिमलेकाली लगाएका नेताहरूले मन्तव्य राख्दै कला संस्कृति र साहित्य जोगाउनु पर्नेमा जोड दिएका थिए । 
 बरिस्ठ बासुरी बाधक ठाकुर भाट , लोकगायिका पार्वता पाण्डे राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल अर्घाखाँचीमा प्रवेश गरेका थिए । अधिवेशनमा दर्जनौँ स्थानीय बासिन्दा जिल्ला नेता कलाकार को उपस्थिति सहित भव्यताका साथ सम्पन्न भएको हो ।

अन्य समाचारहरु