मैदानको अमजामा एमालेको चुनावी भेला सम्पन्न | एमालेको बहुमत आउने निश्चित भएपछि प्रतिक्रियावादी अत्तालिए: आचार्य

शोभाखर पन्थी 
मैदान, अर्घाखाँची चैत-६ । नेकपा एमालेका केन्द्रीय सदस्य  चेतनारायण आचार्यले नेकपा एमाले सँग भिड्ने सामर्थ्य ५ दलिय गठबन्धन सँग नभएको बताउनु भएको छ ।
 
 नेकपा एमाले पाणिनी-५ मैदानको अमजाद्वारा  आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा मन्तव्य राख्दै उहाँले चुनावमा नेकपा एमालेको बहुमत आउने निश्चित भएपछि  प्रतिक्रियावादी शक्तिहरु  अत्तालिएको बताउनुभयो । 
उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा,बिकास र समृद्धिको निम्ति नेकपा एमालेको बिकल्प नभएको भन्दै निर्वाचनको तयारीमा उच्च मनोबलका साथ जुट्न कार्यकर्तालाई अग्रह गर्नुभयो । 
लुम्बिनी प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका नेता आचार्यले आफ्नो सरकारले बिकासको निम्ति  छुट्टाएको बजेट कटौती गरेर वर्तमान सरकारले जनता प्रति गद्दारी गरेको  आरोप लगाउनु भयो  । उहाँले परमादेश सरकारले प्रदेश र केन्द्रको गरि कटौती गरेको करीब २ अर्ब बजेट पुनः जिल्लामा नपठाए आफुहरु चुप लागेर नबस्ने चेतावनी समेत दिनुभयो ।   आफुहरु सांसद भएपछि जिल्लाको विकासले फड्को मारेको भन्दै उहाँले निरन्तर जनसेवामा लाग्ने प्रतिबद्धता समेत  जाहेर गर्नुभयो ।
नेकपा एमालेका स्थानीय नेता हेमबहादुर सुनारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा पाणिनि -५ का ईन्चार्ज गोविन्द क्षेत्री ,पाणिनि गाउँ पालिका कमिटीका उपाध्यक्ष जिवलाल घिमिरे लगायतका वक्ताहरूले समेत मन्तव्य राख्नुभएको थियो ।
यसैबीच केन्द्रीय सदस्य आचार्यले आजै पाणिनि पटौटीको कार्यक्रममा समेत मन्तव्य राख्दै नेकपा एमालेको अविजित यात्रालाई कसैले रोक्न नसक्ने बताउनुभयो ।

अन्य समाचारहरु